विश्वभर कोरोना संक्रमितको संख्या २ करोड नाघ्यो


२६ श्रावण २०७७, सोमबार ०८:२९ मा प्रकाशित

विश्वभर कोरोना संक्रमितको संख्या २ करोड नाघेको छ ।
पछिल्लो २४ घण्टामा २ लाख १२ हजारभन्दा बढी संक्रमित थपिएसँगै विश्वमा संक्रमितको संख्या २ करोड ९ हजार पुगेको हो । पछिल्लो २४ घण्टामा भारतमा सबैभन्दा बढी ६२ हजार संक्रमित थपिएका छन् । लगातार ठूलो संख्यामा संक्रमित थपिइरहेको भारतमा कुल संक्रमितको संख्या २२ लाख १४ हजार पुगेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा १ हजार १३ जनाको मृत्यु भएको छ। योसहित भारतमा कुल मृतकको संख्या ४४ हजार ४ सय ६६ पुगेको छ। यस्तै अमेरिकामा ४७ हजार ८१४, ब्राजिलमा २२ हजार २१३, रसियामा ५ हजार, दक्षिण अफ्रिकामा ६ हजार ६७१ तथा मेक्सिकोमा ६ हजार ४९५ संक्रमित थपिएका छन्। विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ७ लाख ३३ हजार ३६० पुगेको छ । यस्तै एक करोड २८ लाख मानिस उपचारपछि निको भएर घर फर्किएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here