एजेन्सी । भारतीय अभिनेता सञ्जय दत्तको स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका छन् ।
श्वासप्रश्वासमा समस्या आएपछि उनलाई मुम्बईको लीलवती अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । अहिले उनी ननकोभिड वार्डमा भर्ना भएका छन् ।
उनले अगाडि नै कोरोना जाँच गर्दा नेगेटिभ भएको पाइएको थियो । उनी केही समय देखि परिवारबाट टाढा रहेका थिए ।





