अनशनरत ईः अस्पताल भर्ना


१९ श्रावण २०७७, सोमबार १४:०५ मा प्रकाशित

काठमाडौं । कोरोना महामारीको उचित व्यवस्थापनको माग गर्दै १७ दिनदेखि अनशनमा बसेका ईः लाई अस्पताल भर्ना गरिएको छ ।

उनको मुटुको चाल र रगतमा चिनीको मात्रा कम देखिएपछि अस्पताल भर्ना गरिएको इनफ इज इनफ अभियानका अभियन्ता आलोक सुवेदीले जानकारी दिए ।

ईःले अस्पतालबाटै अनशनलाई निरन्तरता दिने बताएका छन् । यसअघि उनी बसन्तपुरमा अनशन बसेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here