विर्तामोड नगरपालिका आज राती १२ बजेबाट पुनः लकडाउन


१८ श्रावण २०७७, आईतवार १८:२३ मा प्रकाशित

झापा । कोरोना भाइरसको संक्रमण समुदायस्तरमा फैलिदै गएपछि झापाको विर्तामोड नगरपालिका पनि आज राती १२ बजेबाट पुनः अनिश्चितकालिन लकडाउन हुने भएको छ ।

बिर्तामोडमा एक जना महिला प्रहरीमा कोरोना संक्रमण पुष्टि भएसँगै नगरपालिका लकडाउन हुने भएको हो । आइतबार दिउँसो कोरोना संक्रमण रोकथाम समिति, प्रदेश सांसद, उद्योग वाणिज्य संघका पधाधिकारी, प्रहरी प्रमुख, जनप्रतिनिधि लगायतको उपस्थितितमा बसेको बैठकले लकडाउन गर्ने निर्णय गरेको हो ।

लकडाउन अवधिभर स्वास्थ्य क्षेत्र बाहेकका सबै उद्योग व्यवसायहरु पूर्ण रुपमा बन्द गर्ने,लामोदुरीका सवारीलाई बिर्तामोडमा रोक्न नदिई गन्तव्य तर्फनै जान दिने निर्णय भएको छ । त्यसैगरी अतिआवश्यकिय वस्तु, खाद्यन्न लगायतका ढुवानी गर्ने साधनलाई स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर सञ्चालन गर्न दिइने भएको छ । यस्तै बैठकले खाद्यान्नका पसलहरु भने प्रत्येक दिन बिहान ८ देखि ११ बजेसम्म खुल्ला गर्ने निर्णय गरेको छ ।

नगरपालिकाले बाहिरबाट आउने व्याक्तीहरुको पिसिआर टेस्ट दर बढाउने,सर्वसाधाराणमा जनचेतना मुलक कार्यक्रम मार्फत सजग गराउने र सार्वजानीक रुपमा बडी भिडभाड हुने स्थानहरु होटल, जमखाना,सिनेमा हल लगायतका क्षेत्रलाई अर्को निर्णय नभएसम्मका लागी बन्द गर्ने यसअघि नै निणय गरिसकेको छ ।

विर्तामोड नगरपालिकामा हालसम्म ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरु मध्ये २ जना उपचाररत रहेका छन् भने ७ जना उपचारपछि निको भएर घर फर्किसकेको कोरोना संक्रमण रोकथाम समितिका संयोजक ओम खड्काले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here