बिर्तामोड नगरपालिका पुनः लकडाउनको तयारीमा, बैठक जारी


१८ श्रावण २०७७, आईतवार १३:०९ मा प्रकाशित

झापा । कोरोना भाइरस कोभिड–१९ को संक्रमण समुदाय स्तरमा फैलिदै गएसँगै झापाको बिर्तामोड नगरपालिका पनि आज राति १२ बजेबाट पुनः लकडाउन गरिने नगरपालिका स्रोतले जनाएको छ ।

स्रोतका अनुसार आवश्यक निर्णयको लागि अहिले नगरपालिकाको सवाहलमा बैठक जारी रहेको छ । पछिल्लो पटक झापाको बाह्रदर्शी गाउँपालिकामा फेला परेका कारोना भाइरस संक्रमितको ट्राभल हिस्ट्रीमा बिर्तामोड नगरभित्र खुलेआम घुमेको देखिएपछि नगरपालिकामा पुन लकडाउन गर्न लागिएको स्रोतको भनाई छ ।

नगरपालिकाले बाहिरबाट आउने व्यक्तीहरुको पिसिआर टेस्ट दर बढाउने, सर्वसाधाराणमा जनचेतनामुलक कार्यक्रम मार्फत सजग गराउने र सार्वजानीक रुपमा भिडभाड हुने स्थानहरु होटल, जिमखाना, सिनेमा हल लगायतका क्षेत्रलाई अर्को निर्णय नभए सम्मका लागी बन्द गर्ने निर्णय यसअघि नै गरिसकेको थिायो ।

आज रातिदेखि पुन लकडाउन गर्नेबारे थप निर्णय हुन भने बाँकि छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here