धरानको तरकारी बजारमा आगलागी, ११ वटा पसल जल्यो


१२ श्रावण २०७७, सोमबार १०:२४ मा प्रकाशित

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका–३ स्थित तरकारी बजारमा आज बिहान आगलागी भएको छ।

आगलागीमा परेर ११ वटाभन्दा बढी पसल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। बजारको अघिल्लो भागमा रहेको कस्मेटिक र फलफूल पसल जलेर नष्ट भएको छ।

धरान उपमहानगरपालिकाको वारुणयन्त्र र स्थानीयवासीले आगलागी नियन्त्रणमा लिएको र क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here