पूर्वडीआईजी कोइरालाको मुद्दा तीन न्यायाधीशको इजलासमा, सुनुवाइ शुरु


११ श्रावण २०७७, आईतवार १३:०४ मा प्रकाशित

काठमाडौं । पूर्वडीआईजी रञ्जन कोइरालाको कैद घटाउने गरी सर्वोच्च अदालतको फैसलामा महान्यायाधिवक्ताको कार्यालयले गरेको पुनरावलोकनमाथि आज सुनुवाइ शुरु भएको छ ।

यो मुद्दा न्यायाधीशत्रय वमकुमार श्रेष्ठ, प्रकाश कुमार ढुंगाना र कुमार रेग्मी सम्मिलित पूर्ण इजलाशमा सुनुवाइ शुरु भएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीले पूर्वडीआईजी कोइरालाको मुद्दाको सजाय कटौती गरेपछि यो विषय विवादित बनेको छ ।

पत्नी गीताको हत्या गरेका कोइरालालाई जिल्ला अदालत र पुनरावेदन अदालतले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो ।

तर, जबरा र केसीले कोइरालाको सजाय घटाउँदै ८ वर्ष ६ महिना कायम गरेपछि यसको चौतर्फी विवाद भइरहेको छ । सर्वोच्चको फैसलाअनुसार साउन ८ मा कोइराला रिहा भइसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here