मेलम्चीको गेट भत्किएपछि सुरुङ परीक्षण रोकियो


४ श्रावण २०७७, आईतवार १३:२२ मा प्रकाशित

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको १७ नं. गेट भत्किएपछि सुरुङ परीक्षण रोकिएको छ।

असार ३० गते मेलम्चीको मुहानस्थल हेलम्बु गाउँपालिका १ अम्बाथानको सुरुङको १७ नं. गेट भत्किएको थियो। गेट भत्किदा दुई जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए। दुर्घटनामा २७ वर्षीय इञ्जिनियर शतिश गोइत र ५६ वर्षका गाडी चालक राधाकृष्ण थापाको मृत्यु भएको थियो ।

त्यस्तै, इञ्जिनियर शेखर खनाल र प्राविधिक पेमादोर्जे तामाङ घाइते भएका थिए। उनीहरुको उपचार भइरहेको छ।

उनीहरु अनुगमनका लागि सुरुङभित्र पसेका थिए। सुरुङभित्र रहेकै वेला गेट भत्किएपछि गाडीसहित बगाएको थियो।

त्यसपछि आयोजनाले सुरुङमा पानी परीक्षण गर्ने कार्य रोकेको जनाएको छ। तत्कालका लागि परीक्षण रोकिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेश खत्रीले बताए। अहिले घटनाको छानबिन भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here