यौन शोषण आरोपमा युट्युवर शिवाकोटी पक्राउ


१६ असार २०७७, मंगलवार १२:१९ मा प्रकाशित

काठमाडौं । यौनशोषणको आरोपमा युट्युवर अर्जुन शिवाकोटी पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले शिवाकोटीलाई काठमाडौंबाट पक्राउ गरेको हो ।

३८ बर्षीय शिवाकोटीलाई काठमाडौंका दुई किशोरीलाई बलात्कार गरेको अभियोग लागेको छ ।

‘मेकिङ नेपाल’ युट्युव च्यानलका संचालक शिवाकोटीले १४ बर्षीया र १२ बर्षीया किशोरीलाई पटक–पटक यौन शोषण गर्ने गरेको महाशाखाका एसएसपी दिपक थापाले जानकारी दिनुभयो ।

०७६ असोजदेखि १४ बर्षीया किशोरीलाई उनले डर, त्रास देखाएर बलात्कार गर्दै आएका थिए । बलात्कृत किशोरीका आमा, बुबासँगै अर्जुन चार बर्षदेखि एउटै घरमा बस्थे ।

पीडित किशोरीको आमासँगै व्यवसाय समेत गर्ने हुनाले छोरीहरुले उनलाई अंकल भनेर बोलाउँथे । अर्जुनले त्यही सामिप्यताको फाइदा उठाए ।

छोरीहरुले ‘अंकल’ भन्ने हुनाले सँगै देख्दा परिवारका सदस्यले पनि लामो समय शंका गरेनन् ।

यौन दुर्व्यवहार गरेको थाहा पाएपछि पीडितका परिवारले कुरा उठाउँदा आरोपीले मार्ने धक्कि दिँदै ‘म पत्रकार भएकाले प्रहरीले पनि मलाई केही गर्न सक्दैन’ भनेर डर देखाएको पीडितले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here