वीरगन्जमा बेवारिसे भेटिएको शवसहित ६ जनामा कोरोना पुष्टि


३१ जेष्ठ २०७७, शनिबार ०८:३७ मा प्रकाशित

पर्सा । पर्साको वीरगन्ज घण्टाघर नजिकै बेवारिसे पुरुषको शव र अन्य ५ जनामा कोरोना पुष्टि भएको छ ।

शुक्रबार राति गत जेठ २८ गते बेवारिसे अवस्थामा भेटिएको एक पुरुषको शव र अन्य ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जेठ २८ गते बेवारिसे अवस्थामा मृत भेटिएका अन्दाजी २५ वर्षीय पुरुषको पीसीआर रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका चिकित्सक डाक्टर उदयनारायण सिंहले जानकारी दिए ।

यसैगरी, नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा वीरगन्जको कन्टी इन होटलको क्वारेन्टाईनमा बसेका २ र संखुवा प्रसौनी गाँउपालिकाको क्वारेन्टाईनमा बसेका ३ जनामा पनि शुक्रबार राति संक्रमण पुष्टि भएको हो ।

कन्टी इन होटलको क्वारेन्टाईनमा १२ दिनदेखि बसेका वीरगन्ज ५ कुम्हाल टोलका ३४ वर्षिय महिला र १९ वर्षिय पुरुषमा शुक्रबार राति संक्रमण पुष्टि भएको हो ।

शुक्रबार राति संक्रमण पुष्टि भएका बाँकी ३ जना भने सखुवा प्रसौनी गाँउपालिका वडा नम्बर २ गुलरीया गाँउका हुन् ।

गुलरीया गाँउको एकै परिवारका ३ वर्षिय बालक , १५ वर्षिय बालक र ३० वर्षिया महिलामा संक्रमण भेटिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here