समाजवादी पार्टीको संसदीय दलको बैठक बस्दै, पार्टीको निर्देशन अटेर गर्ने गिरीलाई कारबाहीको तयारी


३१ जेष्ठ २०७७, शनिबार ०८:२६ मा प्रकाशित

काठमाडौं । समाजवादी पार्टी संसदीय दलको बैठक आज बस्दै छ ।

नेपालको नयाँ नक्सा निशानछापमा अध्यावधिक गर्न संविधान संशोधन गर्ने पक्षमा मतदान गर्ने निर्णय गरेको समाजवादी पार्टीले आफ्नै सांसद सरिता गिरीले संसोधन हालेपछि त्यसबारे आवश्यक निर्णय गर्नेछ ।

सांसद गिरीले संविधान संशोधन गर्न नहुने प्रस्ताव संसद सचिवालयमा दर्ता गराएलगत्तै फिर्ता लिन निर्देशन दिदा पनि उक्त प्रस्ताव फिर्ता नलिएपछि उनलाई आवश्यक कारबाही गर्ने तयारी भएको हो ।

समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाका अनुसार गिरीलाई अझै पनि संसोधन फिर्ताका लागि आग्रह गरिने र उक्त प्रस्ताव फिर्ता नलिए पार्टीको ह्विपबिपरित गएको ठहर गर्दै कारबाही हुनेछ ।

‘११ बजे संसदीय दलको बैठक बस्दैछ, त्यसमा उहाँ सरिता गिरी पनि उपस्थित हुनुहुनेछ, उहाँले संसोधन हाल्नु परेको दलिल पेस गरेपछि नेताहरूको समेत सहभागितामा निर्णय हुन्छ,’ अरगरियाले खबरहबसँग भने, ‘पार्टीको निर्देशन नमाने ह्विप उल्लंघन गरेको ठहरमा आवश्यक कारबाही हुन्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here