काठमाडौं । सरकारले लडाउनको मोडालिटी परिर्वतन गरेको छ ।बुधबार बसेको मन्त्रिपरिषद् बैठकले जेठ ११ देखि जारी लकडाउनको मोडालिटी परिर्वतन गर्ने निर्णय गरेको हो ।
लकडाउन पुनःव्यवस्थित गर्ने निर्णय भएको छ । स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गरेर कृषि, उद्योग,ब्यापारमा खुकुलो पार्ने जनाईएको छ ।
काठमाडौं उपत्यकासहित जोखिम कम भएका क्षेत्रहरूमा जोर विजोर प्रणाली लागू गरेर सवारी सञ्चालन गर्ने सम्भावना छ भने विद्यालय, सिनेमा हल लगायतका धेरै भीडभाड हुने स्थानहरु तत्काल खुल्ने छैनन् । यसबारे सरकारले भोलि विस्तृत जानकारी दिनेछ ।
लडाउनको मोडालिटी परिर्वतन
२८ जेष्ठ २०७७, बुधबार २२:४६ मा प्रकाशित





