अर्घाखाँचीको क्वारेन्टाईनमा बिरामी परेका एक जनाको मृत्यु


२८ जेष्ठ २०७७, बुधबार १३:५९ मा प्रकाशित

बुटवल । अर्घाखाँचीको मालारानी गाउँपालिकाको क्वारेन्टाईनमा बिरामी परेका एक जनाको मृत्यु भएको छ ।

मालारानी गाउँपालिका–४ ब्याडापाटाको सार्वजनिक आधारभूत विद्यालयको क्वारेन्टाईनमा बसेका ५७ बर्षका यमप्रसाद खनालको बुटवलमा उपचार गराएर फर्किने क्रममा मृत्यु भएको हो ।

उनी १२ दिनअघि भारतको महाराष्ट्रबाट आएर क्वारेन्टाईनमा बस्दै आएका थिए । महाराष्ट्र कोरोनाबाट प्रभावित प्रदेश हो ।

स्वासप्रश्वासमा समस्या आएपछि उनलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ल्याइएको थियो । उपचार गरेर घर फर्कदै गरेका उनको गोरुसिंगे–सन्धिखर्क सडकको कोन्द्रे खोलामा बुधबार मृत्यु भएको स्थानीय गोकुल रिजालले जानकारी दिएका हुन् ।

उनको जेठ २१ गते स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको तर रिपोर्ट आइनसकेको जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here