काँकरभिट्टा । झापाको मेचीनगर— ७ स्थित पालिया खोलामा निर्माण गर्न लागिएको पक्की पुलको मंगलबार शिलान्यास गरिएको छ । ्पुलको १ नम्बर प्रदेश सभा सदस्य श्रीप्रसाद मैनाली, मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य उपप्रमुख मीना पोखरेल उप्रेतीले संयुक्तरुपमा शिलान्यास गर्नुभएको हो ।
१ नम्बर प्रदेश सरकारको ४ करोड ३२ लाख रुपैयाँ लागत भएपनि ३ करोड ८४ लाख १४ हजार ३ सय ८७ रुपैयामा पुल ठेक्का लागेको हो । उक्त पुल निर्माणका लागि निर्माण कम्पनि जिम्मा हिम्टुङ एण्ड थोकर सरोज जेभी निर्माण सेवासँग२०७७ साल बैशाख २४ गते निर्माण सम्झौता भएको थियो ।सम्झौता पत्रमा २०७८ साल असार २० गते निर्माण कार्य सम्पन्न हुने पुर्वाधार विकास कार्यालय भद्रपुर झापाका इञ्जिनियर सुजन दाहालले जानकारी दिनुभयो ।
उहाँका अनुसार सिगंल स्पाम रहने उक्त पुलको लम्बाई पिल्लरदेखि पिल्लरसम्म २५ मिटरको हुने छ । एलआरवीएसयुको प्राविधिक सहयोगमा पुर्वाधार विकास कार्यालय भद्रपुर झापाले यसको अनुगमन र रेखदेख गर्ने छ । पुलले मेचीनगर —७ स्थित सत्तिघट्टा–गोमनसरी–इटाभट्टा जोड्ने छ । झापाको मेचीनगरहुदैं सदरमुकाम सम्म जोडने यो पुल निर्माणपछि सञ्चालनमा आएलगत्तै मेचीनगर र चन्द्रगडी विमास्थलको दुरी १४ किलो मिटरमात्र हुने स्थानीय चन्द्रप्रसाद प्रसाईले जानकारी दिनुभयो ।
योजनाको बारेमा जानकारी दिनहुदैं पुर्वाधार विकास कार्यालय भद्रपुर इञ्जिनियर शोभाकान्तप्रसाद रौनियारले ८२ फिट लम्बाई र २८ फिट चौडाई पुलको कज्वे चौडाई २० फिट तथा दुबै तर्फ ४ ÷४ फिट लम्बाईको पैदल यात्री हिड्ने संरचना निर्माण गरिने जानकारी दिनु भयो । कार्यक्रममा बोल्दैं शिलान्यास समारोहका प्रमुख अतिथि समेत रहनुभएको १ नम्बर प्रदेश सभा सदस्य मैनालीले वर्षैदेखि पुलको समस्या व्यहोर्न बाँध्य स्थानीयवासीले पुलको निर्माणसँगै राहतको अनुभव गर्ने बताउनुभयो ।
प्रदेश सभा सदस्य मैनालीले निर्धारित समयमै निर्माण कार्य सम्पन्न हुने भन्दैं यस कार्यमा सवैलाई सहयोगी र समन्वयकारी भूमिका निर्वाह गर्न आग्रह गर्दै लामो समयको प्रतिक्षा पछि स्थानीयले विकास योजनाको प्रत्यक्ष लाभ लिन पाएको विश्वास व्यक्त गर्नुभयो ।मैनालीले झापा निर्वाचन क्षेत्र नं १ क को योजना छनौट अन्तर्गत प्रदेश सरकारको बजेट छनौटमा योजना पार्न सफल भएको समेत दावी गर्नुभयो ।
शिलान्यास समारोहमा मेचीनगर प्रमुख आचार्य, उपप्रमुख उप्रेती, निर्माण ब्यवसायी भीमचन्द्र भट्टराईलगायतले विचार राख्नुभएको थियो ।पुर्वाधार विकास कार्यालय भद्रपुर झापाका सिनियर डिभिजन इञ्जिनियर रमेशकुमार श्रेष्ठको अध्यक्षतामा भएको शिलान्यास समारोहको सञ्चालन कार्यालयका सव इन्जिनियर सुरेन्द्रप्रसाद साहाले गर्नु भएको थियो ।





