तिलोत्तमा हत्या प्रकरणः मृतकहरूको परिचय खुल्यो


२७ जेष्ठ २०७७, मंगलवार ०८:१४ मा प्रकाशित

काठमाडौं । रुपन्देहीको तिलोत्तमा–१० कान्छीबजारमा भएको सामुहिक हत्याकाण्डमा ज्यान गुमाउने ५ जनाको परिचय खुलेको छ।

मारिनेमा १ महिला र ४ पुरूष रहेका छन्। उनीहरूको नाम खुलेपनि ठेगाना भने खुलेको छैन।

घटनामा मारिनेमा माधव मुसहर, जानकी मुसहर, पोसराज मुसहर, करूण चौधरी र आशिष चौधरी रहेका छन्।

कान्छीबजारको मैनहवा स्थित स्थानीय कृष्ण पुनको भैंसीफर्ममा उनीहरूको हत्या भएको हो।

प्रहरी घटनास्थल पुगिसकेको छ भने मुचुल्का उठाउने काम भइरहेको छ।एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here