रुपन्देहीको तिलोत्तमामा पाँच जनाको हत्या


२७ जेष्ठ २०७७, मंगलवार ०७:३५ मा प्रकाशित

काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिका १० मैनहवामा पाँच जनाको सामूहिक हत्या भएको छ ।

डिएसपी खड्गबहादुर खत्रीले एउटा फार्ममा शव भेटिएको पुष्टि गर्दै अनुसन्धानको लागि टोली परिचालन गरिएको बताए ।

घटना गएरातिको हो । प्रहरी स्रोतका अनुसार बन्चरो प्रहार गरी हत्या गरेको अवस्थामा शवहरु फेला परेका छन् । मृतकको विवरण खुलेको छैन ।

प्रहरीले घटनाको अनुसन्धान गर्न एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने व्यक्ति लागुऔषध दुर्व्यसनी रहेको र उनैले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here