धरानमा आगलागी हुँदा २ जनाको मृत्यु


२२ जेष्ठ २०७७, बिहीबार ११:४२ मा प्रकाशित

सुनसरी । सुनसरीको धरानस्थित एक घरमा आगलागी हुँदा जलेर दुई जनाको मृत्यु भएको छ ।

सुनसरीको धरान–१५ स्थित नरबहादुर श्रेष्ठको घरमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । सुनसरी प्रहरी प्रमुख एसपी कमल थापाले आगलागीमा परी दुई जनाको मृत्यु भएको पुष्टि गरे ।

उनले भने, ‘आगलागी के कसरी भएको हो यसबारे अनुसन्धान भइरहेको छ, आगलागीमा परी २ जनाको जलेर मृत्यु भएको छ ।’
उनका अनुसार स्थानीय ८७ वर्षीया धनमाया श्रेष्ठ र ५८ वर्षीया सीता श्रेष्ठको आगोले जलेर मृत्यु भएको छ ।

दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणको प्रयास जारी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here