सुर्खेतको क्वारेन्टइनबाट घर फर्किएका युवकको मृत्यु


२२ जेष्ठ २०७७, बिहीबार ०९:०३ मा प्रकाशित

काठमाडौं । सुर्खेतस्थित जनता मावि विद्यापुर क्वारेन्टइनमा बसेर घर गएका एक युवकको मृत्यु भएको छ । पन्चपुरी नगरपालिका वडा नम्बर १ का १९ वर्षीय युवकको बिहीबार विहान घरमै मृत्यु भएको हो ।

उनी यही जेठ ७ गते भारतबाट आएका थिए । उनलाई जनता मावि विद्यापुरको क्वारेन्टइनमा राखिएको थियो ।

पन्चपुरी नगरपालिकाका मेयर उपेन्द्रबहादुर थापाले उनको स्वाब संकलन गरेर सदरमुकाम वीरेन्द्रनगर पठाउने तयारी भइरहेको जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here