थप १३ जनामा कोरोना पुष्टि, सङ्क्रमितको सङ्ख्या १ हजार ८११ पुग्यो


१९ जेष्ठ २०७७, सोमबार १८:५३ मा प्रकाशित

काठमाण्डौ । नेपालमा सोमबार थप १३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा कपिलवस्तुका सात, रुपन्देही र पाल्पामा दुई/दुई तथा नवलपरासी र गुल्मीमा एक/एक जना गरी १३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या एक हजार आठ सय ११ पुगेको छ । यसअघि आज दिउँसोमात्रै दुई सय २६ जनामा कोरोना पुष्टि भएको थियो ।

सोमबार एक जना डिस्चार्ज भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई सय २२ पुगेको छ । सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या आठ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here