कोरोना संक्रमण रोक्न नेपाललाई एडीबीले २ सय ५० मिलियन डलर सहयोग गर्ने


१३ जेष्ठ २०७७, मंगलवार १८:०९ मा प्रकाशित

काठमाडौं । एसियाली विकास बैंकले नेपालमा कोरोना भाइरससँग जुध्नका लागि २ सय ५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहयोग गर्ने भएको छ ।

बैंकले नेपाललाई दिने ऋण सहयोगमध्ये प्रतिदिन ३ हजार कोरोना परीक्षण गर्ने र २ लाख जना अट्ने क्वारेन्टाइन बनाउन प्रयोग गर्नेगरी दिन लागेको हो ।

यसअघि युनिसेफसँगको सहकार्यमा मेडिकल सामग्री खरिदका लागि ३ लाख डलर दिने घोषणा बैंकले गरिसकेको छ ।

सहयोगमध्ये नेपालमा कोरोनाका कारण गरिबीको रेखामुनी रहेका र सामाजिक सुरक्षा आवश्यक रहेकाहरुलाई समेत सहयोग गर्न सक्ने बैंकले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here