नमीन ढकाल
इलाम । रोजगारीका लागि भारतको दार्जिलिङ गएका नेपालीहरुलाई स्वेदश फर्काउन थालिएको छ ।
कोरोनाको महामारीबिच सिमा नाका पशुपतीनगर हुँदै नेपाल ल्याएर घर पठाउन सुरु गरिएको हो । इलामको सूर्योदय नगरपालिका र जिल्ला संकट व्यवस्थापन केन्द्रको समन्वयमा ¥यापिड टेस्ट गर्दै उनीहरुलाई नेपाल प्रवेश गराइ घर पठाइएको हो । नाका भित्रिनेको ¥यापिड टेस्ट गर्न पशुपतिनगर गेटको सडकमै सामाजिक दूरीसहितको संकेत तयार गरिएको छ ।

सडकमा पाल टाँगेर उनीहरूलाई अस्थायी रूपमा बस्नसक्ने प्रबन्ध मिलाएर परिक्षण गरिदै आएको छ । हाल सम्म विभिन्न जिल्लाका १ सय ९ जनाको ¥यापिड टेस्ट गरिएको छ । जसमा दोलखाका ८ जनाको ¥यापिड टेस्ट पोजेटिभ देखिएपछि स्वाब संकलन गरेर परिक्षणका लागि पठाइएको सूर्योदय नगरपालिका कोभिड–१९ नियन्त्रण फोकल पर्सन पेमा उगेन लामाले बताए ।

१ नम्बर प्रदेश बाहेकका रिर्पोट नेगेटिभ देखिएका दोलखाका ९२ जनालाई नगरपालिकाले यातायातको व्यवस्था गरेर गृह जिल्ला पठाएको छ । नगरपालिकाले १ नम्बर प्रदेशका युवाको चाँही पिसिआर समेत जाँच गर्ने तयारी गरेको छ । रिर्पोट नेगेटिभ आएका दोलखा बाहेक अन्य जिल्लाका युवालाई पनि सवारी साधन व्यवस्था नहुञ्जेल केही समयका लागि क्वारेन्टाइनमै राखिएको छ ।
दैनिक जसो ¥यापिड किटको संख्या हेरेर नेपाल तर्फ प्रवेश गराइने भएको छ । मंगलबार ७० जनाको टेस्ट गरेर भित्र्याउने तयारी भएको छ ।





