डा. गोविन्द केसीले फेरि अनसन बस्ने


१२ जेष्ठ २०७७, सोमबार १३:४८ मा प्रकाशित

काठमाडैं । डा. गोविन्द केसीले फेरि अनसन बस्ने घोषणा गरेका छन् । अब बस्दा केसीको १८ औं पटकको अनसन हुनेछ ।

डा. केसीले आज प्रेस विज्ञप्ति निकाल्दै आगामी जेठ २ गतेदेखि २ दिन अनसन बस्ने घोषणा गरेका हुन् ।

डा. केसीले भारतबाट मिचिएको नेपाली भूमि फिर्ता गर्ने प्रक्रिया शुरु गर्न माग गर्दै र चिकित्सा शिक्षा सुधारका विभिन्न मागहरु राख्दै दुई दिन अनसन बस्ने घोषणा गरेका हुन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here