एकैदिन थपिए ७२ बिरामी, काेराेना संक्रमितकाे संख्या ६७५ पुग्याे


१२ जेष्ठ २०७७, सोमबार ११:४२ मा प्रकाशित

नेपालका काेराेना संक्रमितकाे संख्या ६७५ पुगेकाे छ। देशका विभिन्‍न प्रयाेगशालामा गरिएकाे पछिल्लाे परिक्षणबाट ७२ जना थपिएसँगै ६७५ जना संक्रमित पुगेका हुन।

स्वास्थ्य मन्त्रालयका अनुसार धनुषा, कपिलवस्तु, काठमाडौं, बारामा संक्रमित भेटिएका हुन्। काठमाडौंमा तीनजना कोरोना संक्रमित भेटिएका छन्। त्यसैगरी रौतहट, सप्तरी, बर्दिया, बाँके र दैलेखमा नयाँ संक्रमित भेटिएका छन्।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा धनुषा नगराइन नपरगापालिकाका ३ जना पुरुष, कपिलवस्तु शिवराज नगरपालिका ३ जना पुरुष, काठमाडौं टोखा र बुढानिलकण्ठका ३ जना पुरुष, बारा कलैया कोटवालीका २ जना पुरुष र रौतहट २६ जना पुरुषमा कारोना संक्रमण पुष्टि भएको छ। त्यसैगरी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा सप्ती डाक्नेश्वरी नगरपालिकाका २ जना पुरुषमा कोरोना देखिएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा बर्दिया बाँसगढीका १ जना र बाँकेका ४ जनामा कोरोना देखिएको हो। किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणमा बारामा गडीमाईमा २१ जना पुरुषमा कोरोना देखिएको हो। त्यसैगरि भेरी अस्पताल नेपालगञ्‍जमा गरिएको परीक्षणमा दैलेख नारायण नगरपालिका र ढुंगेश्‍वर गाउँपालिकिाका एक जना महिलासहित ५ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश अस्पताल सुर्खेत/पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा गरिएको परीक्षणमा दैलेखकै गुराँस गाउँपालिकामा २ जना पुरुषमा कोरोना देखिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here