स्वयम्भूको प्रहरी बिटमै सुतेका असई मृत फेला


११ जेष्ठ २०७७, आईतवार ११:५० मा प्रकाशित

काठमाडौं । काठमाडौं एकजना प्रहरी सहायक निरीक्षक (असई) मृत भेटिएका छन् ।

प्रहरी बिट, स्वयम्भूमा कार्यरत असई विष्णु कार्कीको शव कन्चटमा गोली लागेको अवस्थामा भेटिएको महानगरीय प्रहरी वृत्तका प्रहरी नायब उपरीक्षक (डीएसपी) लालध्वज सुबेदीले जानकारी दिनुभयो ।

कार्की प्रहरी बिटमै सुत्ने गरेको र गोली लागेर ज्यान गएको अवस्थामा आज बिहान उहाँलाई भेटिएको डीएसपी सुबेदीले जानकारी दिनुभयो । दोलखा घर भएका कार्की २०७५ सालदेखि कार्यरत हुनुहुन्थ्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here