डिल्लीबजार कारागारमा कैदीबन्दीबीच झडप


११ जेष्ठ २०७७, आईतवार ०९:२५ मा प्रकाशित

काठमाडौं । डिल्लीबजार कारागारमा कैदीबन्दीबीच झडप भएको छ ।

चौकीदार परिवर्तन गर्ने विषयलाई लिएर झडप भएको कारागार स्रोतको भनाइ छ । यद्यपि, काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले क्वान्टिनमा बाँकीमा सामान दिन छाडेपछि समस्या सिर्जना भएको बताएका छन् ।

‘लकडाउनले आफन्त पनि भेट्न आएनन्, पैसा पनि सिद्धियो’, उनले भने, ‘क्यान्टिनमा पनि समस्या भएपछि विवाद भएको हो ।’

अहिले कारागार क्षेत्रमा बाक्लो प्रहरी परिचालन गरिएको प्रहरी उच्च स्रोतले बतायो ।

थप अनुसन्धान भइरहेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here