काठमाडौं । मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारत कोरोना संक्रमति महिलालाई त्रिवि शिक्षण अस्पताल (टिचिङ)को आइसियुमा सारिएको छ ।
टिचिङका कोरोना व्यवस्थापन समितिका संयोजक डा. सन्तकुमार दासका अनुसार ती महिलालाई हिजो राति टिचिङमा सारिएको हो ।
ती महिलाको अहिले टिचिङ अस्पतालको आइसोलेसन बनाइएको भवनमा रहेको आइसियुमा राखिएको डा. दासले बताए ।
डा. दासका अनुसार टिचिङ अस्पतालले कोरोना उपचार कक्षको लेभल थ्रीमा राखेर उपचार गरिएको हो । उनलाई आइसियुमा मुटुरोग विशेषज्ञको निगरानीमा उपचार गरिएको डा। दासको भनाइ छ ।
ती महिलाको जेठ ९ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो । मकवानपुरको हेटौंडा ३ ती ५४ वर्षीया ती महिला मुटुका बिरामी हुन् ।
कोरोना संक्रमण पुष्टि हुँदा उनी मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको आइसियुमा उपचारत थिइन् ।





