नेकपा अध्यक्ष प्रचण्डलाई नेपालको अद्यावधिक नक्सा हस्तान्तरण


१० जेष्ठ २०७७, शनिबार ११:२७ मा प्रकाशित

भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरिएको नेपालको अद्यावधिक नक्सा हस्तान्तरण गरेकी छन्।

मन्त्री अर्यालले शनिवार बिहान अध्यक्ष प्रचण्ड निवास खुमलटार पुगेर नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा प्रदान गरेकी हुन्। उक्त अवसरमा अध्यक्ष प्रचण्डले नक्सा तयार पार्न खटिने मन्त्रीसहित मन्त्रालयका सम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद दिए।

मन्त्री अर्यालले आफूहरु नक्सा प्रकाशनको तयारी अवस्थामा नै रहेको र त्यसका लागि पार्टी र सरकारको निर्देशनको पर्खाइमा रहेको बताइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here