श्रीलंकामा आउदो महिनाबाट क्रिकेट सुरू


१० जेष्ठ २०७७, शनिबार ०८:४१ मा प्रकाशित

काठमाडौं । श्रीलंकामा आउदो जुन महिनाबाट क्रिकेट सुरू गर्ने तयारी भएको छ ।

कोरोना भाइरसको महामारीका कारण सम्पूर्ण खेल गतिविधी बन्द गरिएकोमा श्रीलंकामा आउदो जुनदेखि भने क्रिकेट सुचारु गर्ने त्यहाँको क्रिकेट बोर्डले तयारी गरेको छ।

श्रीलंकाका प्रशिक्षक मिक्की आर्थरले जुन महिनाबाट श्रीलंकाको क्रिकेट टिमले अभ्यास सुरु गर्न लागेको जानकारी दिएका छन् ।

प्रशिक्षक आर्थरका अनुसार श्रीलंका सरकार र स्वास्थ्य मन्त्रालयले समेत अभ्यास सुचारु गर्न अनुमति दिएको छ । सुरुमा २ फास्ट बलरबाट अभ्यास सुरु गर्ने र क्रमिकरूपमा टिमका सबै जनालाई जुन २० सम्म अभ्यासमा सहभागी गराउने उनले बताए ।

विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसको कारण श्रीलंकाले इंग्ल्याण्ड र दक्षिण अफ्रिका विरुद्धको घरेलु सिरिज रद्द गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here