संविधान संशोधन गर्ने सरकारकाे निर्णय


९ जेष्ठ २०७७, शुक्रबार १४:२३ मा प्रकाशित

भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता गराउन जुटेकाे सरकारले जारी भएको नयाँ नक्साको कार्यान्वयनका लागि संविधान संशोधन गर्ने भएको छ ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गर्ने निर्णय गरेको हाे। बैठकले जेठ १३ गतेको संसद बैठकअघि नै संविधान संशोधन गर्ने प्रस्ताव दर्ता गर्ने निर्णय गरेको हो। सरकारले तीन दिन अघि लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरेको छ।

जारी गरेको उक्त नक्सा अनुसार निशान छाप परिवर्तन गर्नका लागि संविधान संशोधन प्रस्ताव संसदमा लाने निर्णय भएको हो। संविधानको अनुसूची-३ मा रहेको निशान छाप संशोधनका लागि संविधान संशोधन गरेपछि नेपालको नयाँ नक्सा पूर्ण रूपमा कार्यान्वयन हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here