प्रदेश १ मा थपिए ११ संक्रमित


६ जेष्ठ २०७७, मंगलवार ११:२९ मा प्रकाशित

झापा । प्रदेश १ मा मंगलबार ११ जना कोभिड– १९ संक्रमित थपिएका छन्। झापाका ९ जना र सुनसरीका दुई जनामा संक्रमण पुष्टि भएको हो।

यो सँगै प्रदेशमा संक्रमितको संख्या ५४ पुगेको छ। त्यसमध्ये १७ जना उपचारपछि घर फर्केका छन्। झापाको कचनकवल गाउँपालिकाका ९ जनामा संक्रमण पुष्टि भएको कोशी अस्पतालले जनाएको छ। कोशी अस्पतालको प्रयोगशालामा उनीहरुको परीक्षण भएको थियो।

सोमबार कचनकवलकै एक जनामा संक्रमण देखिएको थियो। उनकै सम्पर्कमा रहेका थप नौ जनामा संक्रमण देखिएको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ। त्यस्तै सुनसरीको इटहरीका एक जना युवक र एक जना प्रहरीमा संक्रमण पुष्टि भएको छ। धरानस्थित वीपी कोइराला प्रतिष्ठानमा भएको परीक्षणमा उनीहरुमा संक्रमण देखिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here