इटहरीमा थप एक जनामा कोरोना सङ्क्रमण , सुनसरीमा संक्रमितको संख्या ३ पुग्यो


६ जेष्ठ २०७७, मंगलवार ११:०७ मा प्रकाशित

इटहरी । इटहरी बसेर धरानमा पढ्ने एक युवामा कोरोना संक्रमण भेटिएको छ। केही दिनअघि ज्वरो आएर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आइसोलेसन वार्डमा राखिएका युवामा कोरोना पाइएको हो।

इटहरी २ का १८ बर्षीय ती युवा बुवासँगै आइसोलेसन वार्डमा राखिएका थिए। ज्वरो आएपछि इटहरीस्थित एक मेडिकल पुगेका उनलाई डाक्टरले धरान पठाएका थिए। धरानमा पुग्ने बित्तिकै उनलाई बुवासहित नै आइसोलेसन वार्डमा पठाइएको थियो।

यस्तै, सुनसरीकै पश्चिम कुसाहमा कार्यरत एक जना सशस्त्र प्रहरी जवानको पनि रिपोर्ट पोजेटिभ आएको स्रोतले जनाएको छ। यसअघि सुनसरीको गढी गाउँपालिकाको क्वारेन्टाइनम बसेका युवामा कोरोना देखिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here