मृत अवस्थामा फेला परेको सालकलाई खाल्डोमा गाडियो


२२ बैशाख २०७७, सोमबार १४:२२ मा प्रकाशित

इलाम । मृत अवस्थामा फेला परेको लोपउन्मुख प्रजातीको सालकलाई इलाममा गाडिएको छ ।

इलाम नगरपालिका ५ बरबोटेमा मृत फेला परेको उक्त सालकलाई सव डिभिजन वन कार्यालय इलामले कार्यालयका कर्मचारी, जनप्रतिनिधि तथा स्थानीयको रोहबरमा खाल्डो खनी गाडिएको हो ।

बरबोटे स्थित चन्द्र लम्सालको जग्गामा हिजो बेलुका मृत सालक फेला परेको थियो । सालक फेला परेपछि जग्गा धनी लम्सालले कार्यालयमा खबर गरेको र कार्यालयबाट कर्मचारी गएर ल्याइएको थियो । सालक मृत फेला परेको स्थानमा मुचुल्का बनाएर कार्यालयमा ल्याइएको मृत सालकलाई कार्यालय परिसरमा गाडिएको कार्यालय प्रमुख तथा सहायक वन अधिकृत हरिषचन्द्र सिंहले बताए । उनका अनुसार कार्यालयबाट कर्मचारी हरि काफ्ले र कार्यालय प्रमुख सिंह आफैँ सो स्थानबाट सालक लिएर आएका थिए ।

लोपउन्मुख प्रजातीको वन्यजन्तु सालकको खबेटा तस्करहरुले तस्करी गर्ने गरेको बताइएको छ । यसको खबेटा बहुमुल्य रहेको भन्दै चोरी शिकारी हुने गरेको छ । सालकको खबेटा अत्यान्तै दरो हुने भएकाले बन्दुकको गोली समेत रोक्न सक्ने बताइएको छ ।

सालकलाई मारेको वा यसको मासु खाएको पुष्टि भए १५ लाख वा १० वर्ष जेल बस्नु पर्ने कानुन रहेको समेत कार्यालय प्रमुख सिंहले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here