मन्त्रालयका सचिवले स्वास्थ्यकर्मीहरुप्रति अभद्र बोली बोलेको भन्दै संघद्वारा आपत्ति


१५ बैशाख २०७७, सोमबार १४:४४ मा प्रकाशित

काठमाडौं । नेपाल चिकित्सक संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादव कोइरालाले स्वास्थ्यकर्मीहरुप्रति अभद्र बोली बोलेको भन्दै आपत्ति जनाएको छ ।

सचिव कोइरालाको अभिव्यक्ति अशोभनीय र अभद्र भएको संघले बताएको छ । मन्त्रालयका जिम्मेवार व्यक्तिले चिकित्सकहरुलाई विभेदीकरण गर्ने, स्थायी–अस्थायी वा करमर भनेर भेदभाव गर्दा माहामारीसँग जुधिरहेका स्वास्थ्यकर्मीको मनोबल उच्च हुन नसक्ने भन्दै चिकित्सक संघले भनेको छ, ‘समग्र स्वास्थ्य सेवा प्रवाहलाई नै असर पार्न सक्जे भएकाले यसबारे गम्भीर विचार गरेर अभियक्ति सार्वजनिक गर्न माग गर्दछ ।’

साथै करार, ज्यालादारीमा चिकित्सकहरु नियुक्त गर्नुको साटो दरबन्दी वृद्धि गरेर स्थायी पदपूर्ति गर्नसमेत माग गरेको छ । एक अन्तरवार्तामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुनबारे सोधिएको प्रश्नमा सचिव कोइरालाले उनी करारमा भएको र कुनै पनि बेला हटाउनसक्ने अभिव्यक्ति दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here