उत्तर कोरियाली शासक किम विरामी भएपछि उनकै बहिनी यो जोङ चर्चामा


१५ बैशाख २०७७, सोमबार ०९:२८ मा प्रकाशित

काठमाडौं । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ इन विरामी परेको समाचारहरु बाहिरिएपछि उनकै बहिनी यो जोङ चर्चामा आएकी छन् ।

सन् २०१८ मा दक्षिण कोरियाको पियोंगचांगमा आयोजित ओलम्पिकको दौरान पहिलो पटक चर्चामा आएकिन् उनी दाई किम विरामी परेपछि किमकै उत्तराधिकारी भन्दै उनको चर्चा सुरु भएको हो ।

पिता किम जोङ इलकी सबैभन्दा प्यारी छोरीको रुपमा चिनिने उनको विद्यालय शिक्षा स्विट्जरल्यान्डमा भएको अमेरिकी अखवार वासिङटन पोष्टले जनाएको छ । उत्तर कोरिया फर्कनुअघि सन् २००० को शुरुतिरै उनले व्यालेटको प्रशिक्षण पनि लिएको बताइन्छ ।

पछिल्लो समयमा आणविक हातहतियार विकास कार्यक्रमलाई लिएर अन्तर्राष्ट्रिय तनाव चुलिँदै गइरहेपनि उत्तर कोरियाको ‘इभान्का ट्रम्प’ को उपनाम पाएकी किम यो जोंङले गत महिना मात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अफ्नो दाजुबीच विशेष व्यक्तिगत सम्बन्ध रहेको खुलासा गरेकी थिइन् ।

यो–जोङलाई किमले वर्कर्स पार्टीको पोलिटब्यूरो सदस्य बनाउँदै निर्णायक अधिकारहरुमा पनि सह्रिक हुने गरी ३ बर्षअघि बढुवा गरेका थिए । सन् १९८७ मा जन्मिएको योङ ६ बर्षअघि पार्टीको वरिष्ठ अधिकारी भएकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here