पानीमा डुवेर बाँकेमा ३ जना बालकको मृत्यु


१२ बैशाख २०७७, शुक्रबार १३:१४ मा प्रकाशित

नेपालगञ्ज । बाँकेको बैजनाथ गाउँपालिका–२ पितमारीमा नालामा जम्मा भएको पानीमा डुवेर ३ जना बालकको मृत्यु भएको छ ।

बैजनाथ गाउँपालिका–२ पितमारीमा निर्माणाधीन अवस्थमा रहेको क्षेत्रीय कारागारको कम्पाउण्ड बाहिर रहेको पानी निकासको लागि खनेको नालामा जम्मा भएको पानीमा डुबेर तीन जना बालकको बिहीबार साँझ मृत्यु भएको हो ।

मृत्यु हुने बालकहरुमा सोही ठाउँ १२ वर्षीय नरेश कुवर, १२ वर्षीय नबिन परियार र ११ वर्षीय अमिल रावल रहेका छन् ।

उनीहरुको खेल्ने क्रममा डुबेर मृत्यु भएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here