चट्याङ लागेर अछाममा एक जनाको मृत्यु


१२ बैशाख २०७७, शुक्रबार १४:४९ मा प्रकाशित

अछाम । अछाममा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

अछामको ढकारी गाउँपालिका–७ सेरा बस्ने २० वर्षीय भरत बुढाको चट्याङ लागेर बिहीबार साँझ मृत्यु भएको हो ।

सोही ठाउँस्थित जंगलमा गाई गोरु चराई जंगलबाट घरतर्फ फर्कने क्रममा चट्याङ लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here