विवादमा परेपछि दुवै अध्यादेश फिर्ता लिने मन्त्रिपरिषद्को निर्णय


१२ बैशाख २०७७, शुक्रबार १२:३६ मा प्रकाशित

काठमाडौं । सरकारले गत सोमबार जारी गरेको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको छ।

शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवटारमा बसेको मन्त्रिपरिषद् बैठकले विवादमा परेको उक्त अध्यादेश फिर्ता लिने निर्णय लिएको हो। सरकारले संवैधानिक निकायमा नियुक्तिका लागि बहुमतीय प्रावधानसहित पारित गरेको अध्यादेश पनि फिर्ता लिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

पार्टीमा सल्लाह नगरी दुवै अध्यादेश ल्याएपछि प्रधानमन्त्री केपी शर्मा ओली घेराबन्दीमा परेका थिए। सोमबारको मन्त्रिपरिषद्‍मा मन्त्रीहरु घनश्याम भुसाल, वर्षमान पुन र प्रदीप ज्ञवालीले कोरोनाको संकटका बेला यी अध्यादेश ल्याउनु ठीक नहुने सुझाव दिँदादिँदै पनि प्रधानमन्त्रीले दुवै अध्यादेश जारी गर्ने निर्णय लिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here