रौतहटको कटहरियामा कुटपिट गरी युवकको हत्या


८ बैशाख २०७७, सोमबार ०९:४० मा प्रकाशित

रौतहट । रौतहटको कटहरियामा गएराति एक युवकको हत्या भएको छ ।

कटहरिया नगरपालिका १ हनुमान टोलका २५ वर्षका सञ्जीव यादवको निर्घात कुटपिट गरी हत्या गरिएको हो । कुटपिटबाट गम्भीर घाइते भएका यादवको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आफ्नै घरमा रहेका सञ्जीवलाई उनकै टोलका राधे दासले गएराति १० बजे बोलाएर लगेका थिए ।

साथीसँग निस्किएका उनी केहीबेरपछि गम्भीर घाइते अवस्थामा फेला परेपछि तत्काल एम्बुलेन्समार्फत उपचारको लागी वीरगञ्ज लगिएको थियो । टाउको छातीलगायत शरीरका विभिन्न अंगमा गम्भीर चोट लागेका यादवको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

घटनामा संलग्न भएको आरोपमा राधे दासलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको कारणबारे अनुसन्धाान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक रविराज खड्काले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here