कैलालीका २१ वर्षीय कोरोना संक्रमित युवक अस्पतालबाट डिस्चार्ज


७ बैशाख २०७७, आईतवार १७:३५ मा प्रकाशित

डडेल्धुरा । कैलालीको लम्कीका २१ वर्षीय कोरोना संक्रमित युवक अस्पतालबाट डिस्चार्ज भएका छन् ।

१६ दिनअघि सेती प्रादेशिक अस्पताल भर्ना भएका थिए उनी । उनको आइतबारै अपराह्न डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । भारतबाट आएका लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका ती युवकमा चैत २२ गते पिसिबारबाट कोरोना संक्रमणको पुष्टि भएको थियो ।

दोस्रो र तेस्रो रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको सेती अस्पतालका आकस्मिक विभाग प्रमुख डाक्टर जगदिश जोशीले बताए । उनी भारतको मुम्बईबाट चैत ११ गते नेपाल फर्किएका हुन् । उनलाई लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो ।

कोरोना देखिएको १६ दिनमै उनी डिस्चार्ज भएका हुन् । उनी कैलालीको गौरीफन्टा नाका भएर घर फर्किएका थिए । यससँगै नेपालमा कोरोना भाइरस संक्रमण निको भएर डिस्चार्ज हुने उनी चौथो व्यक्ति भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here