अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा चीनविरुद्धको आक्रोश कायमै


७ बैशाख २०७७, आईतवार ०९:३१ मा प्रकाशित

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनविरुद्धको आक्रोश कायमै राखेका छन् ।

उनले शनिबार पनि पुनः एकपटक कोरोना भाइरसले अमेरिकामा भन्दा चीनमा नै धेरै मानिसको मृत्यु भएको दावी गरेका छन् । ह्वाइट हाउसमा भएको कोरोना भाइरस टास्क फोर्सको ब्रिफिङमा ट्रम्पले कोरोनाबाट मृत्यु हुने दर युरोपमा भन्दा पनि कम रहेको बताए । युरोपको जर्मनी मात्रै अपवाद रहेको उनको भनाई छ ।

‘बेलायत, स्वीट्जरल्याण्ड, बेल्जियम तथा फ्रान्सको तुलनामा अमेरिकामा कोरोना भाइरसका कारण भएको मृत्युदर कम छ,’ ट्रम्पले भने, ‘स्पेनको मृत्युदर अमेरिकाको भन्दा चार गुणा बढी छ ।’

कोरोना भाइरसबाट भएको मृत्युमा अमेरिका पहिलो नम्बरमा नभइ चीननै अघि रहेको उनले बताए । चीनले कोरोना भाइरसबाट मृत्यु हुने मानिसको संख्या लुकाएको निरन्तर आरोप लागिरहँदा ट्रम्पले पनि पटकरपटक चीनमा मृतकको संख्या अहिले सार्वजनिक गरिएको भन्दा धेरै भएको दावी गर्दै आएका छन् ।

गएको शुक्रबार महामारीको उद्गम थलो चीनको वुहानमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या सच्याइएपछि ट्रम्पले गरेको दावी सत्यनजिक रहेको टिप्पणी समेत हुँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here