नेपालमा कोरोना संक्रमित संख्या ३१ पुग्यो,आज १ जना थपिए


६ बैशाख २०७७, शनिबार २०:४२ मा प्रकाशित

काठमाडौं ।  नेपालमा कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनस‌ख्या मन्त्रालयका अनुसार शनिवार(आज) एक जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो ।आज पुष्टि भएका ६५ वर्षीय पुरुष रहेको मन्त्रालयले जनाएको छ ।

उनको कोशी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पताल आइसोलेसनमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीले बताए ।

ती पुरुषको कोशी प्रादेशिक अस्पतालमा पीसीआर बिधिबाट कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको हो।यससँगै कोरोना भाइरस पुष्टि भएकाको स‌ख्या ३१ पुगेको छ । जसमध्ये ३ जना डिस्चार्ज भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here