सडकमा नोट छर्ने दुईजना महिला पक्राउ


६ बैशाख २०७७, शनिबार १७:३२ मा प्रकाशित

काठमाडौं । जनकपुरधामस्थित महावीरचौक सडकमा शंकास्पद अवस्थामा पैसा छरेर हिँड्ने दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ परेका दुवैजना जनकपुरधाम उपमहानगरपालिका वडा नं. ७ निवासी महिलाहरु आमुना खातुन र अलिना खातुन रहेका छन्। उनीहरु दुवैजना नातामा भाउजु र नन्द हुन्। जिल्ला प्रहरी कार्यालय धनुषाले शुक्रबार मुस्लिम महिलाले लगाउने पोशाकका दुईजनाले नोट छरेर हिँडेको भन्दै खोजी तीव्र बनाएको थियो।

उनीहरुलाई शनिबार अढाई बजे जानकी नगरस्थित मदरसा पछाडिबाट पक्राउ गरिएको हो। पक्राउ परेका दुवैजनालाई जिल्ला प्रहरी कार्यालय हिरासमा सोधपुछ तथा अनुसन्धान भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here