उपत्यकाबाट बाहिरिने गाडीलाई दुई दिन चल्न दिने कुनै निर्णय भएको छैनः उच्चस्तरीय समिति


२७ चैत्र २०७६, बिहीबार १९:३० मा प्रकाशित

काठमाडौं । सरकारले भोलि (शुक्रबार) र पर्सी (शनिबार) दुई दिन काठमाडौं उपत्यकाबाट बाहिर जानेका लागि गाडी खुलाउने कुनै निर्णय नभएको जनाएको छ ।

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक ईश्‍वर पोखरेलले त्यस्तो कुनै निर्णय नभएको बताएका छन् । यसअघि समितिले उपत्यकाबाट बाहिरिने गाडीलाई दुई दिन चल्न दिने भनेर कुनै निर्णय नभएको पनि पोखरेलले उल्लेख गरेका छन् ।

भोलि र पर्सी काठमाडौं प्रवेश गर्न नपाइने तर बाहिर जान भने खुला गर्ने निर्णय गरिएको भन्‍ने समाचार सञ्‍चारमाध्यम तथा सामाजिक सञ्‍जालमा आइरहेको सन्दर्भमा कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको गम्भीर ध्यानकर्षण भएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here