बहराइनमा थप १० जना नेपालीमा कोरोना भाइरस संक्रमण


२७ चैत्र २०७६, बिहीबार ०९:०० मा प्रकाशित

काठमाडौं । बहराइनमा थप १० जना नेपालीमा कोरोना भाइरस संक्रमण देखिएको छ ।

बहराइनको मनामास्थित नेपाली दूतावासले बिज्ञप्ति जारी गर्दै थप १० जना नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । योसँगै बहराइनमा सङ्क्रमित नेपालीको सङ्ख्या २२ पुगेको छ । यसअघि बहराइनमा १२ जना नेपालीमा सङ्क्रमण देखिएको थियो ।

बुधबार दिउँसो २ बजेसम्मको तथ्यांक सार्वजनिक गर्दै दूतावस ५२ हजार ३५१ जनाको कोरोना परीक्षण गरिएकोमामा ३४९ जनामा संक्रमण देखिएको जनाएको छ ।

जसमा १० जना नेपालीमा संक्रमण देखिएको जनाउँदै योसँगै कोरोना संक्रमित नेपालीको संख्या २२ पुगेको जनाएको छ । दूतावासले बहराइनमा रहेका नेपालीहरुलाई सुरक्षित रहन समेत अपिल गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here