काठमाडौंबाट शंकास्पद गतिविधि गर्ने ९९ जना चिनियाँ नागरिक पक्राउ


७ पुष २०७६, सोमबार १७:२६ मा प्रकाशित

काठमाडौं । प्रहरीले काठमाडौंका विभिन्‍न स्थानबाट शंकास्पद गतिविधि गर्ने ९९ जना चिनियाँ नागरिकहरूलाई पक्राउ गरेको छ ।

उनीहरूलाई विभिन्‍न शंकास्पद गतिविधि गरेको उजुरीका आधारमा पक्राउ गरिएको अपराध महाशाखाका प्रमुख (एसएसपी) सहकुल थापाले बताए । बाँसबारीमा रहेका केही घरहरुमा शंका लागेर छापा मारी प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ पर्ने अधिकांश चिनियाँ नागरिक रहेको र यो संख्‍या अझै बढ्न सक्ने बताइएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौं, अपराध महाशाखा, केन्द्रीय अनुसन्धान ब्युरोलगायतको टोलीले छापा मारी उनीहरुलाई पक्राउ गरेको हो । उनीहरु बैंक ह्याकिङ्ग लगायतका गतिविधिमा संलग्न भएको आशंका गरिएको छ । प्रहरीले यसअघि बैंक ह्याकिङ्ग गरी करोड बढी रकम लुट्ने चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here