काठमाडौं । नेपाली काँग्रेस संघीय संसदकी सचेतक पुष्पा भुषालले दुइ तिहाईको सरकार सीमाको बिषयमा मौन रहनु रहस्यमय भएको बताएकी छन् ।
सोमबार रफत सञ्चार क्लब भक्तपुरमा आयोजित साक्षात्कारमा बोल्दै भुषालले नेपाली सीमा भारतले मिचेको बिषयमा लामो समय सम्म पनि मौन रहनु र मन्त्रिपरिषद्को वैठकबाट कुनै निर्णय लिन नसक्नु रहस्यको बिषय भएको बताएकी हुन् । सचेतक भुषालले वर्तमान सरकारले ट्रष्टको नाममा रहेको जग्गा आफ्नो गुण तिर्न जसरी कौडीको मूल्यमा उपलब्ध गराएको आरोप लगाइन् । उनले यसले पनि सरकार कति भ्रष्टाचारमा डुबेको छ भन्ने प्रष्ट पारेको बताइन् । उनले कम्युनिष्ट सरकार कानून भन्दा माथि जान खोजेको र भ्रष्टाचार, हिंसा र हत्यालाई प्रषय दिएको आरोप लगाइन् ।
सचेतक भुषालले नेपालको विदेश नीति सत्तामा बस्न र निजी स्वार्थका लागि मात्र प्रयोग भएको भन्दै विदेश नीतिमा पक्ष प्रतिपक्ष भन्दा पनि सबै एक भएर अघि बढ्नु पर्नेमा जोड दिइन् । नेपाली काँग्रेसले अव गुट उपगुटको राजनीतिलाई चिर्दै सभापतिले बिचारको राजनीतिलाई अग्रसरता दिने धारणा पनि उनले राखिन् ।





