पुलिसविरुद्व थ्री स्टार वियजी


७ पुष २०७६, सोमबार १७:५० मा प्रकाशित

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा थ्री स्टार क्लबले जीत हात पारेको छ ।

सोमबार दशरथ रंगशालामा भएको खेलमा नेपाल पुलिस क्लबलाई १–० गोलले पराजित गर्दै थ्री स्टारले ३ अंक जोडेको छ । थ्री स्टारका लागि खेलको ८४ मिनेटमा सुनिल राईले गोल गरेका हुन् । सुशान श्रेष्ठले दिएको पासलाई सदुपयोग गरेका सुनिलले पुलिसविरुद्वको महत्त्वपूर्ण जीतमा योगदान पुर्‍याए ।

पुलिसविरुद्व जीत निकाल्न थ्रीस्टारलाई खेलको ८४ औं मिनेटसम्म कुर्नु परेको थियो । जीत हात पारेको थ्री स्टारले २ खेलबाट ४ अंक जोडेको छ भने पुलिसको १ अं‍क रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here