पूर्व राजारानी ज्ञानेन्द्र र कोमल झापामा, समर्थकद्वारा भव्य स्वागत


२ पुष २०७६, बुधबार १८:४६ मा प्रकाशित

झापा । पूर्व राजारानीप्रति झापाली जनताको मोह अझै घटेकोे छैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगर दमकस्थित मिनी दरवार आएका पूर्व राजदम्पतीलाई भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा उनका समर्थकले भव्य स्वागत तथा सम्मान गरेका छन् । श्री एयरलाइन्सको जहाजबाट बुधबार दिउँसो १ बजेर २८ मिनेटमा झापा उत्रिएका पूर्व राजा ज्ञानेन्द्र शाह र रानी कोमललाई विमानस्थल परिसरभित्रै स्वागत तथा सम्मान गरेका थिए ।

राजालाई स्वागतका लागि बिहानै देखि सयौंको सङ्ख्यामा आएका समर्थकले पूवराजा ज्ञानेन्द्र र रानी कोमललाई फुलमाल लगाएर भव्य स्वागत तथा सम्मान गरेका थिए । समर्थकहरुले राजा आउ देश बचाउ, नेपाल आमा के भन्छिन, राजतन्त्रले भन्छिन, गणतन्त्र मूर्दाबाद लगायतका नारा लगाएका थिए । विमानस्थलमा समर्थकको भीडलाई नियन्त्रण गर्नसुरक्षाकर्मीलाई हम्मेहम्मे परेको थियो । साथै राजदम्पतीसँग फोटो खिचाउन समर्थकहरु हात हातमा मोबाइल फोन बोकेका थिए ।

राजदम्पत्तीले सिधै उनका समर्थकहरुको सम्मान लिदै करिब आधा घण्टाको विमानस्थलमा बिताएका थिए । पूर्व राजदम्पतीको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, साधा पोशाकका प्रहरी, शिव सेना र हिन्दु सेनाले स्कटिङ गरेका थिए । राजदम्पती दमक नगरपालिका १५ स्थित हिमालय महालक्ष्मी गुडरिक प्रा.लि. को चिया बगानमा रहेको मिनी दरबारमा एक महिना बस्ने कार्यक्रम रहेको जनाइएको छ । पूव राजदम्पत्ती झापा भ्रमणलाई विशेष रुपमा हेरिएको भएपनि उनी आउने उदेश्यको बारेमा अहिलेसम्म केहि खुलेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here