प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्ने


१ पुष २०७६, मंगलवार ११:५८ मा प्रकाशित

काठमाडौं । प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछिन् ।

उनलाई उपसभामुख शिवमाया तुम्बाहाम्फेले आज दिउँसो १ बजे शपथ ग्रहण गराउने संसद सचिवालयले जनाएको छ । १४ मंसिरको उपनिर्वाचनमा नेकपा उम्मेदवार भट्टराई कास्की क्षेत्रनम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी हुन् । उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका खेमराज पौडेललाई झण्डै साढे आठ हजार मत अन्तरले हराएकी थिइन् ।

भट्टराईले २४ हजार ३ सय ९५ मत पाउँदा पौडेलले १५ हजार ९८६ मत पाएका थिए । तत्कालीन प्रतिनिधिसभा सदस्य एवम् पर्यटन मन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि रिक्त भएको कास्की २ मा नेकपाले रविन्द्रकै पत्नी विद्यालाई उम्मेदवार बनाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here