झापा । सञ्चार माध्यमले शिक्षासँग सम्बन्धित विभिन्न कार्यक्रमलाई प्रार्थमिकता दिनु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
आज झापाको बिर्तामोडमा सूर्योदय टेलिभिजनले आयोजना गरेको स्थानीय तह, कलेज तथा विभिन्न विद्यालयका प्रमुखहरुसंगको अन्र्तक्रिया कार्यक्रममा बोल्दै उनीहरुले यस्तो बताएका हुन् । सहभागीहरुले विद्यार्थीका लागि वौद्धिक तथा रचनात्मक खालका कार्यक्रमहरुसंगै सञ्चारमाध्यमले शैच्छिक बहसका कुराहरु समेत उठाउनु पर्नेमा जोड दिएका छन् ।सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरुले प्रतिस्पर्धा गर्नुपर्ने ठाउँ एउटै हुने गरेको बताउँदै उनीहरुले विद्यार्थीको आत्मबल विकास हुने खालका कार्यक्रमहरु टेलिभिजनले ल्याउनु पर्ने धारणा राखेका छन् ।
सूर्योदय टेलिभिजनका अध्यक्ष मनोज उप्रेतीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा टेलिभिजनकी प्रबन्ध निर्देशक विष्णु मैनाली उप्रेती, कर्पोरेट डाइरेक्टर याम बिमली, सञ्चालक रामकुमार बुढाथोकी, युवराज दाहाल, बिर्तामोड नगरपालिकाका निवर्तमान शिक्षा शाखा प्रमुख दिनेशप्रसाद आचार्य, शिक्षक महासंघ झापाका अध्यक्ष तेजप्रसाद चौलागाई लगायत जिल्लाका १ दर्जन भन्दा बढी कलेजका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
सूर्योदय टेलिभिजनले आगामी पौष १५ गतेदेखि शुरु हुने गरी सूर्योदय क्वीज सिजन ४ को आयोजना गरेको छ । ३ वटा सिजन सफलता पूर्वक सम्पन्न गरेको यस प्रतियोगितालाई प्रदेश नम्बर १ कै ठुलो हाजीरी जवाफ प्रतियोगिताको रुपमा लिइन्छ । यस सिजनमा १ नम्बर प्रदेशमा करीब १ सय वटा कलेजहरुलाई समेट्ने योजना रहेको कार्यक्रम संयोजक देवी गौतमले जानकारी दिए । प्रतियोगिताको विजेताले नगद ५१ हजार प्राप्त गर्ने छ ।